गजल
-प्रेम संगम
उकालाे सकियाे ओरालाे आउला आश गरियाे।
एकदिन मेराे पनि पालाे आउला आश गरियाे।
सुनसान रात, सन्नटा छायाे विकल्प थिएन,
अध्याराे चिरेर उज्यालो आउला आश गरियाे ।
परिस्थिति कब्जामा थिएन तैपनि मन थियाे,
जिन्दगीमा काेही गाेठालाे आउला आश गरियाे।
सम्बन्ध सम्बन्ध भएर रंगिनेछ तिम्रो सिउँदाे,
यसरी खुसीकाे अंगालाे आउला आश गरियाे।
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८० २२:१७
प्रतिक्रिया दिनुहोस्