नेपाल न्युज प्वाइन्ट डटकम
राजतन्त्रको औचित्य छैन : माधव नेपाल

मोरङ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजतन्त्र औचित्य समाप्त भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले औचित्यहीन राजतन्त्र पुनःस्थापना नहुने बताए । “औचित्य समाप्त भएको राजतन्त्र फेरि फर्काउने दिवास्वप्नबाट मुक्त हुनुपर्छ”, पूर्वराजा ज्ञानेन्द्रको सहमतिमा नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको स्पष्ट गर्दै उनले भने । 

फरक प्रसंगमा नेता नेपालले संविधान संशोधन आवश्यक भएको बताए । साथै उनले नेकपा एमालेसँग तत्काल एकताको सम्भावना नरहेको स्पष्ट पारे ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update