नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा पाँच हजार सात सय रुपैयाँले बढेर एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ। बुधबार १ हजार ८३५ रुपैयाँ रहेकोमा कारोबार भएको चाँदी आज एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update