
काठमाडौं : नेपाल बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र विजयी भएका छन् ।
कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार मिश्र ५ हजार ५२ मत प्राप्त गर्दै बारको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी माओवादीलगायतका दलहरुको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरे ।
महासचिवमा पनि कांग्रेस-एमाले गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४ हजार ८७४ मतका साथ विजयी भए ।
यस्तै अन्य सबै पदाधिकारीमा पनि कांग्रेस-एमाले गठबन्धनकै उम्मेदवार निर्वाचित भएका छन् ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१ १३:१७
प्रतिक्रिया दिनुहोस्