नेपाल न्युज प्वाइन्ट डटकम
जिप दुर्घटनामा दुई जनाको मृत्यु

मन्थली : रामेछापमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा नौ जना घाइते भएका छन् । 

मन्थली नगरपालिका–३ ठाँटीमा बा १६ च ६४७६ नं को जिप आज दुर्घटना हुँदा स्थानीय ६२ वर्षीया कृष्णनारायण श्रेष्ठ र ११ वर्षीया भूमिका श्रेष्ठको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहका अनुसार स्थानीय शारदादेवी मन्दिरमा पुजा सकेर फर्कने क्रममा उक्त दुर्घटना भएको हो । 

घाइतेको मन्थलीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update