नेपाल न्युज प्वाइन्ट डटकम
दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको राजावादीको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । भारतको आसाम राज्यमा उनी पक्राउ परेका हुन् ।

उनलाई प्रहरीले काकडभिट्टा नाका हुँदै नेपाल ल्याउँदै गरेको बताइएको छ ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रसाईंको नेतृत्वमा भएको राजावादी आन्दोलनले हिंसात्मक रुप लिएपछि २ जनाको मृत्यु भएको थियो । त्यसदिनबाट फरार भएका उनले भारतबाट दुई वटा भिडिओ सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update