
काठमाडौं :भारतको आसाम राज्यबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई शुक्रबार नेपाल ल्याइएको छ । प्रसाईंसँगै पक्राउ परेका बडिगार्ड दीपक खड्कालाई पनि नेपाल ल्याइएको हो ।
नेपाल प्रहरीको विशेष ब्युरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बिहीबार आसामबाट पक्राउ गरेको थियो ।
नेपाल भित्रिएलगत्तै उनलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको थियो । उनलाई आजै चन्द्रगढी विमानस्थलबाट बुद्ध एअरको साढे ११ बजेको फ्लाइटमार्फत काठमाडौं ल्याइँदैछ ।
प्रसाईं राजसंस्था पुनर्स्थापनाको माग राख्दै संयुक्त जनआन्दोलन परिचालन समितिको नेतृत्वमा चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमान्डर थिए ।
उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो । प्रदर्शनका क्रममा प्रसाईँले प्रहरीलाई गाडीले किच्ने प्रयास गरेको आरोप छ । त्यसपछि उनी फरार भएका थिए ।