नेपाल न्युज प्वाइन्ट डटकम
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै, जहाजमा चढाइयो

काठमाडौं : दुर्गा प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई काठमाडौं ल्याउन जहाजमा चढाइएको छ । झापाको चन्द्रगढी विमानस्थलबाट उनीहरुलाई काठमाडौं ल्याउन लागिएको हो ।

प्रहरीले प्रसाईंको दुवै हातमा हत्कडी लगाएर विमानस्थल ल्याएका थिए । जहाजभित्र पसाउने बेलामा भने हत्कडी खोलिएको थियो ।

उनीहरुलाई बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याइँदैछ ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update