
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
शुक्रबार रवि लामिछानेकी पत्नी निकिता पौडेलले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेश बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेकी हुन् ।
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई चैत २२ गते अदालतले थुनामा पठाउन आदेश दिएको थियो । उक्त आदेश आएको केही घन्टामै लामिछाने पक्राउ परेका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१ १४:५१
प्रतिक्रिया दिनुहोस्