
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्याण्ड ‘ए’ (आयरल्याण्ड वुल्भ्स) सँग खेल्ने र भारत भ्रमणमा जाने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।
क्यानले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको हो । नेपालले आईसीसी टी २० विश्वकपको तयारीस्वरुप आयरल्याण्ड ‘ए’ शृंखला खेल्न लागेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलामा सिनियर टोलीले आयरल्याण्ड ‘ए’ सँग चैत ११ र १२ गते टी-२० खेल खेल्ने छ । त्यसपछि नेपाल ‘ए’ ले आयरल्याण्डसँग १५, १६ र १८ गते तीन खेलको टी-२० खेल्ने छ ।
त्यसपछि एक दिवसीय (ओडी) शृंखला हुने छ । पहिलो खेल चैत २१ मा हुने छ । दोस्रो खेल चैत २३ र अन्तिम खेल २५ गते हुने छ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ । गुजरातमा नेपालले बरोडा र गुजरातसँग २-२ वटा टी-२० खेल खेल्ने तालिका छ ।
नेपाली टिम :
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द ।