नेपाल न्युज प्वाइन्ट डटकम
बाढीले बगायो विनयी खोलाको डाइभर्सन, पूर्व-पश्चिम राजमार्ग अवरूद्ध

काठमाडौं : वर्षाका कारण विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएको छ ।

बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरूद्ध भएको छ ।

शनिबार बिहान वर्षाका कारणा पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा बाढी आउँदा डाइभर्सन बगाएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जानकारी दिएको छ ।

पुल बगाएपछि नारायणघाट-बुटवल सडक अवरूद्ध भएको छ । अत्यावश्यकबाहेकका सवारी साधान खोलाको वारपार रोकिएका छन् ।

अत्यावश्यक सवारी साधनहरूलाई भने होङ्सी सिमेन्ट उद्योग हुँदै दुम्किबासतर्फबाट पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update