नेपाल न्युज प्वाइन्ट डटकम
संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ  : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिमा अहिले धेरै कुराहरु रहेको भए पनि सरकारले विशेष ध्यान दिएर अघि बढ्नुपर्ने सुझाव दिए । उनले अहिले कांग्रेस र एमाले सम्मिलित सरकार रहेकाले सरकारका काम कारबाहीमा कांग्रेसले खबरदारी गर्नुपर्ने बताए ।

एमाले नेपाली कांग्रेसका लागि भविष्यको पनि प्रतिष्पर्धी भएकाले सोचेर अघि बढ्न जरुरी रहेको बताए ।

संविधान पुनरावलोकन, सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नसके जनता अझै आक्रोशित हुने बताए । दण्डहीनता दिनप्रतिदिन बढिरहेको बताए ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update