
काठमाडौं : वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतले सफाइ दिएपछि निलम्बित न्यायाधीश भुवन गिरी कारागार मुक्त भएका छन् ।
उनी सोमबार बिहान कारागार कार्यालय डिल्लीबजारबाट छुटेका हुन् । उच्च अदालतको आदेश आइतबार बेलुकी आइपुगेको र उनी आज बिहान १० बजेपछि छुटेको डिल्लीबजार कारागारका सहायक प्रशासक शेरबहादुर थापाले जानकारी दिए ।
श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गत जेठ २९ गते सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तिराउन फैसला गरेको थियो ।
उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमा आइतबार उच्च अदालतका न्यायाधीशहरू लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले उल्ट्याएको हो ।
प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२ १२:४६
प्रतिक्रिया दिनुहोस्