
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइन सेवा सुरु गरेको छ ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले एक सूचना जारी गर्दै आज बिहान ११ बजेदेखि सो अनलाइन सेवा सुरु गरिएको जानकारी दिएका छन् ।
अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने भएको छ ।
जोशीले तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवदेनका लागि अनलाइन सेवा सुरु गरिएको र अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना रहेको बताए ।
student.tuexam.edu.np मा लगइन गरी दिइएको निर्देशन अनुसार फारम भर्न सकिने पनि जोशीले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२ १३:१७
प्रतिक्रिया दिनुहोस्