
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिइएको छ ।
कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीलाई अर्को व्यवस्था नभइञ्जेलसम्मका लागि उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।
यसअघि प्रा.डा. केशरजंग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि उक्त पद खाली थियो ।
गत बिहिबार कुलपति ओलीले उपकुलपति बरालले चैत १५ गते दिएको राजीनामा स्वीकृत गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२ १५:२५
प्रतिक्रिया दिनुहोस्