
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
वैशाख १७ गते बुधबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको सहभागिता रहनेछ ।
बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२ १६:०३
प्रतिक्रिया दिनुहोस्