नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य निरन्तर उकालो

काठमाडौं : स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ । 

आज सुन प्रतितोला एक हजार सात सय रुपैयाँले बढेर एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update