
काठमाडौं : संघीय संसदको दुवै सदनको बैठक आह्वान भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले बुधबार अधिवेशन आह्वान गरेका हुन् ।
संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शिक्षक आन्दोलनलाई मध्यनजर गर्दै विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२ १३:२१
प्रतिक्रिया दिनुहोस्