
काठमाडौं : काठमाडौं महानगरपालिकाले काठमाडौंमा कवाड संकलन केन्द्रमा डोजर चलाएको छ ।
महानगरपालिकाको नगर प्रहरी बलले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्मको कवाडी संकलन केन्द्र डोजर चलाएर हटाएको हो ।
आवास क्षेत्रमा रहेका कवाडी संकलन केन्द्र हटाइएको महानगरले जनाएको छ । पटक-पटक हटाउनका लागि सूचना दिँदा पनि अटेर गरेपछि डोजर चलाइएको महानगरले बताएको छ ।
कवाड संकलन केन्द्रहरु हटाउन महानगरले डोजरसहित दर्जनौं नगर प्रहरी परिचालन गरेको थियो ।
त्यसक्रममा कवाड संकलन केन्द्रका मजदुरहरुले प्रतिकार गर्दै ढुंगा प्रहार गर्दा डोजरको सिसासमेत फुटेको छ । ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२ १२:२०
प्रतिक्रिया दिनुहोस्