नेपाल न्युज प्वाइन्ट डटकम
शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरेर गोली प्रहार

काठमाडौं : कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी गोली प्रहार भएको छ ।

बिहीबार राती साढे ११ बजे चौधरीलाई लक्षित गरी गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । 

अध्यक्ष चौधरीलाई लक्षित गरी कपिलवस्तुको मायादेवी गाउँपालिका-१ स्थित आफ्नै घरको परिसरमा शौचालय गएर फर्किने क्रममा गोली हो । 

घटनास्थलमा पेस्तोलमा प्रयोग हुने गोलीको खोका भेटिएको छ प्रहरीले जानकारी दिएको छ । अध्यक्ष चौधरी भने सकुशल छन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update