
काठमाडौं : काठमाडौंका निधेषधित क्षेत्रकेन्द्रित प्रदर्शन गर्ने घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजुलीबजार केन्द्रित भएको छ ।
प्रदर्शन बिजुलीबजार–बानेश्वर क्षेत्र केन्द्रित भएको हो । निषेधित क्षेत्र तोड्ने र गिरफ्तारी दिने रणनीतिसहित प्रदर्शन उत्रिएको राप्रपाले रणनीति परिवर्तन गरेको हो ।
ठूलो प्रदर्शन नगरी विभिन्न ठाउँमा तोकिएको निषेधित क्षेत्र तोड्ने रणनीतिमा राप्रपा रहेपनि हाल विजुलीबजार केन्द्रित भएको छ । तर राप्रपाका सांसदहरु भने सिंहदरबारभित्रै प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।
यता ट्राफिक प्रहरीले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने भएपछि सवारी डाइभर्सन गरेको छ ।
माइतीघर– बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई यतिबेला डाईभर्सन गरी चलाइएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई सिनामंगल, तिनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, रणोदिप र कृष्णपाउरोटी लगायतका स्थानबाट डाईभर्सन गरिएको हो ।
गत चैत १५ गतेको हिंसात्मक घटनामा संलग्न भइ पक्राउ परेका नेताहरुको रिहाइका लागि राप्रपाले आजको प्रदर्शन आयोजना गरेको बताएको छ ।