नेपाल न्युज प्वाइन्ट डटकम
रविले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर भएको छ ।

सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशले पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूलाई गैरकानुनी थुनामा राखिएको दाबीसहित बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।

लामिछानेलाई गैरकानुनी थुनाबाट मुक्त गराउन माग गर्दै दायर गरिएको उक्त रिटमा सोमबारको लागि पेशी तोकिएको छ । लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्चमा निवेदन परिसकेको छ ।

उक्त निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कागजात झिकाउने आदेश गरेको थियो । लामिछाने हाल रूपन्देही जिल्ला कारागारमा थुनामा छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा यसअघि उनलाई जिल्ला अदालत रूपन्देहीले १ करोड रुपैयाँ धरौटीमा छाडेको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update