नेपाल न्युज प्वाइन्ट डटकम
काँडाहरुको बीचमा पनि फुल्न सक्ने फूल झैं सबैका लागि उदाहरणीय बन्नु, जन्मदिनको शुभकामान छोरा रिहान्स

आज तिम्रो जन्मदिन, जन्मदिनको पावन अवसरमा सुस्वास्थ, दिर्घायु, उत्तरोत्तर प्रगति एवं तिम्रा हरेक इच्छा चाहानाहरु पूरा हुँदै जाउन् भनि करोडौं करोड शुभकामान दिन चाहन्छु छोरा  l 

जिन्दगीमा खुसी मन लिएर बाँच्न तिम्रो अनुहारको हाँसो, खुसी हेरे पुग्ने रहेछ छोरा  l छोराको जन्मदिन आमाबाबुका लागि सबैभन्दा खुसीको क्षण रहेछ छोरा  l तिमीले यो धर्तीमा खुट्टा टेक्दा, आँखा खोल्दा जुन खुसी मलाई र तिम्रो मामुलाई मिलेको थियो त्यो नै हाम्रो जीवनको सबैभन्दा खुसीको पल थियो छोरा l तिमीले यस धर्तीमा पहिलोपटक पाइला टेक्दा हामीलाई जति खुसी बनायौ नि त्यति खुसी तिमीले सबैलाई दिन सकेस् है छोरा l भोक, प्यास, थकान, टेन्सनको औषधि हौ छोरा तिमी । जस्तोसुकै परिस्थितिमा पनि पछि हटेर होइन अघि बढेर साहस गरेर सामना गर्नु है छोरा l सधैं स्वास्थ निरोगी हुनु, काँडाहरुको बीचमा पनि फुल्न सक्ने फूल झैं सबैका लागि उदाहरणीय बन्नु है छोरा, स्वाभिमान जिम्मेवार नागरिक बन्नु है छोरा, जन्मदिनको शुभकामान छोरा रिहान्स  l

34a5e655-c44a-4989-944d-150fb8bc1f28-1745249811.jpg

तिमी मेरो विश्वास, प्यार, उमंग अनि गर्व हौ छोरा । म तिम्रो हिम्मत, संघर्ष, हौसला, पीडा जुनसुकै परिस्थितिमा पनि साथमा हुनेछु छोरा । तिम्रो भविष्य तिमीजस्तै उज्यालो ‍होस्, तिमीले हरेक कुरा सिक्दै जानु, उमेरले तिमी सानो भए पनि सोचविचार सधैं महान बनाउनु । तिमीलाई म असल मान्छे बनाउन हर कदम लागिरहने नै छु छोरा l जिन्दगीमा ठूलो होइन, असल मान्छे बन्नु, जीवनमा हरेक पलहरु खुसीले भर्नु संघर्षको यात्रामा आउने हरेक दु:ख कष्टलाई पछि पार्दै अगाडि बढ्नु, सधैं सफलताको शिखर चुमिरहनु, मनमा भएका सकारात्मक सोचहरु सदैव पूरा होउन्, हाम्रो परिवारको मात्रै होइन सिंगो देश, समाजका दुखेका मनहरुको समेत खुसीको कारण बन्नु, सक्षम हुनु, यही आशिर्वाद छ छोरा तिमीलाई हाम्रो l

फूल जस्तै सुन्दर भएर यो देशमा सुगन्ध छरिरहनु है छोरा, सबैको प्यारो बन्नु ज्ञानी र असल बन्नु, देशको असल नागरिक बन्नु, हरेक समयको परिवर्तनसँगै आफू र समाजलाई बदल्न सक्ने कर्मठ योद्धा बन्नु, जिम्मेवार नागरिक बन्नु, समाज र सामाजिक कार्यमा लाग्नु, बा आमा र राष्ट्रलाई कहिल्यै नभुल्नु, यही नै तिमीलाई जन्मदिनको उपहार छ है छोरा । फेरि पनि भन्छु छोरा, जन्मदिनको असीम शुभकामना तिमीलाई !!!

9b8888c1-546e-4d06-933a-4f3b32386445-1745249841.jpg

d5e95090-bd33-48c9-8fba-c4d029c7bed5-1745249872.jpg
 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ०६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update