कक्षा १२ को वार्षिक परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरू आन्दोलनरत भएपछि वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा बारे अन्योल रहेको थियो ।
शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले गत चैत २० गतेदेखि सडक आन्दोलनसमेत गरिरहेका छन् । सरकार र महासंघका पदाधिकारी–प्रतिनिधबीच पटक–पटक संवाद भए पनि सहमति जुट्न सकेको छैन ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२ १२:३८
प्रतिक्रिया दिनुहोस्