-1745311435.jpg)
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको बताएका छन् ।
अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सोमबार आयोजित आदिवासी जनजातिसम्बन्धी संयुक्त राष्ट्रसंघीय स्थायी मञ्चको २४औं सत्रमा नेपाली प्रतिनिधिमण्डलका नेता मन्त्री गुप्ताले उक्त कुरा बताएका हुन् ।
सम्मेलनमा मन्त्री गुप्ताले विभिन्न देशका उपप्रधानमन्त्री, विदेश मन्त्री तथा मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुभएको मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले जानकारी दिए । भेटमा उनीहरुबीच आपसी हित र चासोका विविध पक्षका साथै आगामी दिनमा थप सम्बन्ध विस्तार र सहकार्य गर्नेबारे कुराकानी भएको उनले बताए ।
मञ्चको २४औं सत्रमा आर्थिक तथा सामाजिक विकास, संस्कृति र वातावरण संरक्षण तथा शिक्षा, स्वास्थ्य र मानवअधिकारसँग सम्बन्धित मुद्दाका विषयमा छलफल भएको थियो । साथै, संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू र संयुक्त राष्ट्रसंघको प्रणालीभित्र आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र कार्यान्वयन गर्ने विषयमा भएका अभ्यासको पहिचान र चुनौतीबारे मन्त्री गुप्ताले सम्बोधन गर्ने कार्यक्रम छ ।