कक्षा १२ को परीक्षा सर्यो, वैशाख २१ गतेदेखि हुने

काठमाडौं : कक्षा १२ को परीक्षा सरेको छ । शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि तय गरिएको परीक्षा सारेको हो ।
बोर्डले कक्षा १२ को पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२ २०:३९
प्रतिक्रिया दिनुहोस्