चुडामणि पौडेल सचिवमा बढुवा, श्रमसचिव भण्डारीको राजीनामा स्वीकृत

काठमाडौं : सरकारले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यस्तै मन्त्रिपरिषद बैठकले ११ चैतमा अवकाश हुन लागेका श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको राजीनामा स्वीकृत गरेको छ ।
भण्डारी ११ चैतदेखि अनिवार्य अवकाशमा जाँदै थिए । अवकाशमा जानुभन्दा ५ दिनअिघ उनको राजनीमा स्वीकृत भएको हो ।
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८० १२:२८
प्रतिक्रिया दिनुहोस्