नेपाल न्युज प्वाइन्ट डटकम
रघुजी पन्त शिक्षामन्त्री बन्दै

काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्री बनाउने तयारी गरेका हुन् ।

शिक्षक आन्दोलन चर्किँदै गएपछि सोमबार विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि रिक्त रहेको शिक्षामन्त्रीमा पन्तलाई जिम्मेवारी दिने तयारी भएको स्रोतको भनाइ छ ।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update