नेपाल न्युज प्वाइन्ट डटकम
रघुजी पन्त शिक्षामन्त्री नियुक्त

काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । 

मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् । उनको शपथ ग्रहण कार्यक्रम भने भोलि बिहीबार हुने बताइएको छ ।

शिक्षक आन्दोलन चर्किँदै गएपछि गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । 

mm-1745411717.jpg
 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update