नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

काठमाडौं : नवनियुक्त शिक्षामन्त्री रजुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले मंगलबार पन्तलाई शिक्षा मन्त्री नियुक्त गरेका थिए । केही दिनअघि विद्या भट्टराईले शिक्षा मन्त्रीबाट राजीनामा दिएकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२ १६:५९
प्रतिक्रिया दिनुहोस्