नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री ओलीले संसदमा आज गर्ने भनेको सम्बोधन स्थगित

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ ।

शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यतालिका थियो । 

तर सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवा विदेशमा रहेको र विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने भएपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका हुन् । 

देउवा थाइल्याण्डमा छन् भने प्रचण्ड गोरखा पुगेका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update