निषेधित क्षेत्र तोड्न खोज्दा शिक्षक आन्दोलनमा झडप
-1745737126.jpg)
काठमाडौं : काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो ।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो । बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थि ए। प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरासमेत प्रयोग गरेको छ ।
विभिन्न माग राखेर देशभरका सरकारी शिक्षक काठमाडौंमा आन्दोलनरत छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२ १२:४३
प्रतिक्रिया दिनुहोस्