नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेस सांसद राईलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : सहकारी ठगीको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।

 राई कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको पूर्व सहसचिव हुन् । उनी सहसचिव हुँदा सहकारीका बचतकर्ताको रकम अपचलन भएको आरोपमा पुरक जाहेरी परेपछि प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्ने भएको हो ।

उनी जनजाति कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य छिन् । पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update