नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रिय भूमि आयोग खारेज

काठमाडौं : सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको हो ।

सत्ता गठबन्धन फेरिएसँगै नयाँ आयोग गठन गर्ने सरकारले तयारी गरेको छ । ३० भदौ २०७८मा सरकारले कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

यस्तै सरकारले राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्य पदमा प्राध्यापक संगीता सिंह, डा. कुशेन्द्रबहादुर महत, प्राध्यापक शिवराज अधिकारी र डा. अरनिकोकुमार पाण्डेलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले नेपाल प्रशासन सेवा सामूहिकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुणामणि पौडेललाई बढुवा गर्ने निर्णय गरेको जानकारी दिइन् ।

यस्तै नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली ७ जना र नेपाली ३ जना गरी १० जना पर्वतारोहीलाई सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल १ र जुगल २ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने, नेपाल प्रशासन सेवा सामूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुणामणि पौडेललाई बढुवा गर्ने सरकारले निर्णय गरेको छ ।  

राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्य पदमा प्राध्यापक संगीता सिंह, काठमाडौं, डा. कुशेन्द्रबहादुर महत, जुम्ला, प्राध्यापक शिवराज अधिकारी, पाल्पा र डा. अरनिकोकुमार पाण्डे, ललितपुरलाई नियुक्ति गर्ने सरकारले निर्णय गरेको छ । 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  २२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update