अर्धनग्न भएर माइतीघरमा सहकारी पीडितले गरे प्रदर्शन

काठमाडौं : सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । सरकारलाई दबाब दिन पीडित महिलाहरुले अर्धनग्न प्रदर्शन गरेका हुन् ।
उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए । उनीहरूले कालो रङको कपडा लगाएर पीडितहरूको आवाज नसुन्ने सरकारको प्रवृत्तिप्रति विरोध जनाएको छन् ।
प्रदर्शनमा उपस्थित भएका अन्यहरूले विभिन्न मागहरू उल्लिखित प्लाकार्ड बोकेका थिए।उनीहरुले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता लिन माग गर्दै आएका छन् ।
उनीहरुका माग सरकारले सम्बोधन गरेको छैन । पीडितहरूले आफूहरूको आन्दोलनलाई कमजोर नठान्न पनि चेतावनी दिएका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२ १६:३२
प्रतिक्रिया दिनुहोस्