नेपाल न्युज प्वाइन्ट डटकम
समाजवादी मोर्चामा एमालेलाई पनि समेट्ने तयारी, ओलीसँग छलफल गर्ने जिम्मा प्रचण्ड र नेपाललाई

काठमाडौं : चार दलीय समाजवादी मोर्चामा नेकपा एमालेलाई पनि समेट्ने विषयमा छलफल भएको छ । शुक्रबार बालुवाटारमा बसेको मोर्चाको बैठकमा एमालेलाई पनि समेटेर अघि बढ्ने विषयमा छलफल भएको हो ।

बैठकले एमालेका शीर्ष नेताहरूसँग आवश्यक छलफल गरी आगामी कार्यक्रमबारे टुंगोमा पुग्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले जानकारी दिइन् ।

मोर्चामा एमालेलाई पनि भित्र्याउन अध्यक्ष केपी ओलीसँग छलफल गर्नका लागि माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई जिम्मा दिइएको छ ।

बिहीबार ओलीसँग मोर्चाका संयोजक नेत्रविक्रम चन्दले बालुवाटार पुगेर भेट गरेका थिए । बालुवाटारमा ओलीको सकारात्मक जवाफबारे आजको बैठकमा विप्लवले जानकारी गराएका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update