ओलीले भने- 'समाजवादी मोर्चामा एमाले सहभागी हुँदैन'

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल समाजवादी मोर्चामा सहभागी नहुने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटपछि सिंहदरबारबाट बाहिरिने क्रममा उनले पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमाले समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन् ।
नेकपा एमाले पनि समाजवादी मोर्चामा सहभागी हुने हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने, ‘होइन ।’
शुक्रबार बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि मोर्चामा सामेल गराउने निर्णय गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८० १६:२५
प्रतिक्रिया दिनुहोस्