बम्जनको घरबाट ३ करोड रुपैयाँ बढी नगद बरामद

काठमाडौं : रामबहादुर बम्जनको घरमा छापा मारेर प्रहरीले १६ वटा देशका मुद्रासहित कम्तीमा ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बम्जनको घरमा छापा मार्दा नेपाली रुपैयाँमात्र नभइ विदेशी मुद्रा पनि फेला परेको हो ।
उनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छ । सीआईबीले बम्जनलाई मंगलबार साँझ हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।
उनले आश्रममा बस्दै आएका तीन जना युवती र दुई युवालाई बेपत्ता पारेको भन्दै उजुरी विभिन्न प्रहरी कार्यालयमा दर्ता भएको थियो । तीमध्ये एक जनालाई उनले सिन्धुपाल्चोकस्थित आश्रममा हत्या गरेको समेत आरोप छ । बम्जनविरूद्ध सर्लाही जिल्ला अदालतमा बलात्कारको मुद्दा विचाराधीन छ ।
प्रकाशित मिति: बुधबार, पुस २५, २०८० १२:२९
प्रतिक्रिया दिनुहोस्