नेपाल न्युज प्वाइन्ट डटकम
मधेशमा मन्त्रिपरिषद् विस्तार, थपिए तीन मन्त्री र एक राज्यमन्त्री

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शनिबार मुख्यमन्त्री यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् ।

लेखी गृह, सञचार तथा कानून मन्त्री, सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा जयसवाल शिक्षा तथा संस्कृतिमन्त्री बनेका हुन् । यस्तै एमालेकै केशव राय स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।

यसअघि मधेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्रीका रुपमा शपथ लिइसकेका छन् । शनिबार मन्त्रिपरिषद् विस्तारसँगै मधेश सरकारमा एमालेका ४ जना मन्त्री बनेका छन् ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update