नेपाल न्युज प्वाइन्ट डटकम
उपनिर्वाचनका लागि एमालेले टुंग्यायो उम्मेदवार, इलाम-२ मा सुहाङ नेम्वाङ

काठमाडौं : नेकपा एमालेले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । 

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले इलाम-२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको हो ।

बैठकले इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

सुहाङ ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुवास नेम्वाङको भदौ  २५ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनअन्तर्गत यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगको छ ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update