नेपाल न्युज प्वाइन्ट डटकम
भारतसँग भएका सम्झाैतामा एकपक्षीय आयोजना छनाेटकाे सुविधा दिइएकाे छैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग भएको भारतीय दूतावासले सिधै २० करोड रुपैयाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले भारतसँग हाल भएको सम्झौतामा भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनोट गर्न र कार्यान्वयन गर्न कुनै पनि त्यस्तो प्रावधान नराखिएको बताए ।

यस्तै प्रधानमन्त्री प्रचण्डले नेपालबाट भारतले भारतीय लगानीको मात्र बिजुली किन्ने भनेर कुनै सम्झौता नभएको बताएका छन् ।

चिनियाँ ठेकेदारले बनाएको आयोजनाबाट उत्पादित बिजुलीमा भने भारतको रिजर्भसेन रहेको उनले जानकारी दिए ।

आफूले ग्लोबल टेन्डरबाट चिनियाँ ठेकेदारले पाएको आयोजनबाट उत्पादित बिजुलीलाई चीनको भनिदिनु भएन भनेर भनेको जानकारी प्रचण्डले दिए । उनले यो विषयमा भारत सकारात्मक हुने र समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

गत पुस १९ गते नेपाल-भारत संयुक्त आयोगको बैठकमा भारतले नेपालबाट १० वर्षमा १० हजार बिजुली निर्यात गर्न सक्नेगरी विद्युत व्यापार सम्झौता भएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update