नेपाल न्युज प्वाइन्ट डटकम
आयरल्याण्ड वुल्भसले नेपाललाई दियो १२२ रनको लक्ष्य

काठमाडौं : आयरल्याण्ड वुल्भसले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर १२१ रन बनायो ।

आयरल्याण्डका लागि स्टेफन दाने ४६ रन जोडे । त्यसैगरी लियाम म्याकार्थीले १६ रन बनाए । थोमस मेएस १६ रनमा रनआउट भए ।

त्यस्तै फियोन ह्यान्डले ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । केड क्रमचेल ८, नेइल रकले ५, रस एडेर र ग्रेथ डेलीनीले चार चार रन बनाए । 

नेपालका ललित राजवंशी, गुलसन झा र कुशल भुर्तेलले २-२ विकेट लिँदा करण केसी र कुशल मल्लले १-१ विकेट लिए ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update