नेपाल न्युज प्वाइन्ट डटकम
दीपक कार्की बने वन तथा वातावरण राज्यमन्त्री

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफासिरमा २०७९ पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा कार्कीलाई नेपालको संविधानको धारा ७६ (९) बमोजिम आज उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राज्यमन्त्री कार्की जनता समाजवादी पार्टीका सांसद हुन् ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update