एनआईसी एशियाद्वारा एक करोड बढी बीमा भुक्तानी
काठमाडौं : एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत एक करोड २० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । गत असार १८ देखि फागुन १४ सम्ममा घातक रोगको बीमा बापत सात जना र दुर्घटनामा परेका पाँच जना गरी कुल १२ जना खातावालालाई प्रतिव्यक्ति १० लाखको दरले कूल एक करोड २० लाख बीमा रकम भुक्तानी गरेको हो ।
उक्त भुक्तानी आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी गरिएको बैंकले जानकारी गराएको छ । बैंकका विभिन्न शाखा कार्यालयहरुमा सर्वश्रेष्ठ बचत खाता खोलेका ती ग्राहक तथा परिवारका सदस्यलाई बीमा कम्पनीहरुले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो ।
प्रकाशित मिति: सोमबार, चैत १२, २०८० २१:०८
प्रतिक्रिया दिनुहोस्