नेपालले आयरल्याण्ड वुल्भ्सलाई दियो १९९ रनको लक्ष्य

काठमाडौं : नेपालले आयरल्याण्ड वुल्भ्सलाई १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको हो ।
नेपालका कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रन प्रहार गरे । गुल्शनकुमार झाले सर्वाधिक ४६ रनको योगदान दिए । ३२ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे ।
कप्तान रोहितकुमार पौडेल ३३, कुशल भुर्तेल २५, सन्दीप जोरा २१, अनिल साह १२ र आसिफ शेख ११ रनमा आउट भए भने विवेककुमार यादव ७ रनमा अविजित रहे ।
आयरल्याण्डका म्याथ्यु फोस्टरले सर्वाधिक ३ विकेट लिए । बेन ह्वाइटले २ विकेट लिँदा फिओन ह्यान्ड र गेभिन होईले १/१ विकेट लिए ।
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८० १४:४३
प्रतिक्रिया दिनुहोस्