नेपाल न्युज प्वाइन्ट डटकम
कर्णाली प्रदेशको मुख्यमन्त्री राख्ने माओवादी केन्द्रको अडान

काठमाडौं : नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशको मुख्यमन्त्री आफैले राख्ने अडान राखेको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा उपमहासचिव नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मुख्यमन्त्री एमालेलाई छाड्ने कुरा मान्य नहुने बताएका हुन् ।

जनाधारको हिसाबले, बढी प्रतिशत जितेको हिसाबले र अहिले पनि माओवादीकै मुख्यमन्त्री भएका हिसाबले कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादीले छोड्ने कुरा उचित हुँदैन, त्यसो गर्न पाइँदैन र छोडेमा पनि मान्य हुँदैन भनेर भने, शर्माको भनाइ उधृत गर्दै बैठकका एक सहभागीले भने ।

सत्ता गठबन्धनमा रहेका दलहरुबीच प्रदेश भागबण्डा हुँदा एमालेले कोशी, गण्डकी र कर्णाली लिने र माओवादीले बागमती र लुम्बिनी लिने विषयमा छलफल भएको थियो । तर शर्माको जवाफमा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका नेताहरूसँग छलफल भइरहेको र अहिले नै प्रदेशको भागबण्डा नटुंगिएको बताएका थिए ।

कर्णाली प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल छ भने दोस्रो ठूलो दल माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री छन् ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update