नेपाल न्युज प्वाइन्ट डटकम
सहकारी प्रकरणमा मेरो नामबाहेक केही छैन : गृहमन्त्री लामिछाने

काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।

राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले सहकारी अनियमिततामा आफ्नो संलग्नता नभएको दाबी गरेका हुन् ।

गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम बाहेक केही नभएको बताए ।  ‘सहकारीमा मेरो नाम भएको भन्ने बुझियो । जहाँ मेरो नामबाहेक केही पनि छैन । न हस्ताक्षर, न औठाछाप, न निवेदन त न केवाईसी नै भरिएको छ । न कुनै पत्र पाएको छु, उनले भने, ‘सुनिएअनुसार मुद्दा अदालतमा दर्ता भएको छ, म प्रतिवादी छैन । बयानमा पनि मेरो नाम उल्लेख भएको जानकारी छैन ।’

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update