अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम पक्राउ

काठमाडौं : अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम पक्राउ परेकी छिन् । उनलाई महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो ।
बमलाई आपराधिक लाभ लिएको आरोपमा पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
प्रहरीका अनुसार उनी रस्मिला धामीको उजुरीको आधारमा पक्राउ परेकी हुन् । मोबाइल नियन्त्रणमा लिएर धम्क्याएको तथा आपराधिक लाभको कसुर गरेकाे भन्दै बमविरुद्ध उजुरी परेको थियो ।
प्रकाशित मिति: बुधबार, चैत १४, २०८० १६:३७
प्रतिक्रिया दिनुहोस्