नेपाल न्युज प्वाइन्ट डटकम
सत्ता गठबन्धनलाई समर्थन गर्ने नाउपाकाे निर्णय

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले प्रदेशमा पनि एमाले–माओवादीसहितकाे सत्ता गठबन्धनलाई साथ दिने निर्णय गरेकाे छ । 

बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठकाे अध्यक्षतामा टीकापुरमा बसेकाे संस्थापक केन्द्रीय सदस्यकाे बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेकाे हाे ।

संस्थापक केन्द्रीय सदस्य रमेश बिकले सबै तहकाे सरकारमा सत्ता गठबन्धनलाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेकाे जानकारी दिए । २१ जना केन्द्रीय सदस्य मध्ये बैठकमा १२ जना सहभागी थिए ।

बहुमत केन्द्रीय सदस्यहरूले नयाँ गठबन्धनलाई साथ दिने निर्णय गरेसँगै सुदूरपश्चिम र लुम्बिनीमा नेपाली कांग्रेसले नेतृत्व गरेकाे सरकार ढल्ने भएकाे छ ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update