नेपाल न्युज प्वाइन्ट डटकम
राप्रपाले इलाम-२ मा लक्ष्मी गुररुङलाई उम्मेदवार बनाउने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इलाम–२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने भएको छ ।

बिहीबार बसेको पार्टीको संसदीय समितिको बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगको छ । 

इलाम-२ मा नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update